श्रेष्ठको १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम
मकवानपुर १९ चैत्र । नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य रामकृष्ण श्रेष्ठको निधन भएको आज १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
शुरुवातदेखि वामपन्थी राजनीतिमा सक्रिय श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रमा ३ न. प्रदेश सदस्य माननीयहरु प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा एमाले र माओवादी केन्द्रका जिल्लाका नेताहरु अनन्त पौडेल, कमान सिं पाख्रिन (पृथक), श्रीधर पोख्रेल, ललित घलान, नविन सिग्देल र कांग्रेसका प्रदिप कोइराला लगायतकाले नेता श्रेष्ठको विषयमा चर्चा गरिएको थियो । कार्यक्रम हरि ढकालले गरेका थिए ।
उनी नेकपा (एमाले)बाट २०५४ सालमा तत्कालिन हेटौडा नगरपालिका वडा न. ४ को वडा अध्यक्ष निर्वाचित भएका थिए । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको पहिलो सभापति समेत बनेका श्रेष्ठको जन्म २०१५ सालमा भएको थियो ।
