हेटौँडा लेडी जेसिजले विविध कार्यक्रम गर्ने, स्लो स्कुटीदेखि कविता प्रतियोगितासम्म

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १८:१२

हेटौँडा, १९ चैत । हेटौँडा लेडी जेसिजले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । जेसिजले यही चैत २१ गतेदेखि विविध कार्यक्रम आयोजना गर्न थालेको आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा जानकारी दिँदै कार्यक्रमकी मुल आयोजक समिति संयोजक तथा जेसिजकी कार्यकारी उपाध्यक्ष सुष्मा लटौलाले २१ गते रक्तदान , २२ गते बुद्धरत्न शाक्य स्मृति क्याम्पस स्तरीय वक्तृत्वला ,२२ गते भोजन सेवा कार्यक्रम तथा २२ गतेनै खुल्ला कविता प्रतियोगिता हुने जानकारी दिईन् ।

त्यस्तै २३ गते स्लो स्कुटी प्रतियोगिता तथा भुटनदेवी मन्दिर सरसफाई र २४ गते पुरस्कार वितरण सहित कार्यक्रमको समापन हुनेछ । पत्रकार सम्मेलन हेटौँडा लेडी जेसिजकी अध्यक्ष गमला राजभण्डारी (अस्मिता) को अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*