भिमफेदीमा सहकारी दिवसका अवसरमा प्रभात फेरी र विविध खेलकुद कार्यक्रम
भिमफेदी, १९ चैत । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मुल नाराका साथ मकवानपुरको भिमफेदी गाउँपालिकामा प्रभात फेरि तथा विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरि ६१ औँ सहकारी दिवस मनाइएको छ । भिमफेदी गाउँपालिका स्तरीय सहकारी सञ्जाल संयोजक तथा महिला जागृति बचत तथा ऋण सहकारी अध्यक्ष रीता आलेको अध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि रानाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे पश्चात प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीले भिमफेदी बजार परिक्रमा भएपछि बहुउद्धेशीय खेल मैदानमा विभिन्न खेलकुद भएको भिमफेदीबाट सुरेन्द्रराज थीकेले जानकारी दिएका छन् ।
सहकारीहरुका बिच आयोजित सांगीतिक कुर्सी दौड (म्यूजिकल चेयर) मा सुपिङ दुग्ध उत्पादक सहकारी संस्थाका दयाराम सापकोटा प्रथम, बाराही साना किसान सहकारीकी रीता थापा दोस्रो र महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका बिजय लामा तृतिय भएका छन् ।
त्यस्तै जेरी दौड प्रतियोगितामा चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी बितिसा परियार प्रथम, चिउरी बगैँचा कृषि सहकारीकी बिमला घिमिरे द्वित्तिय र महिला जागृति बचत तथा ऋण सहकारीकी पम्फा योञ्जन तृतिय भएका थिए ।
खेलकुद कार्यक्रम अन्तर्गत नै घैँटो फुटाई प्रतियोगितामा चण्डेश्वरी महिला बचत तथा ऋण सहकारीकी करिना घिसिङ र श्रृजनशिल महिला बचत तथा ऋण सहकारीकी कल्पना आले बिजयी भएका छन् । बिजयी समुह तथा सहभागी सहकारी प्रतिनिधिई प्रमुख रानाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेकी थिईन् ।
संञ्जालका सचिव तथा महिला अभियान बचत तथा ऋण सहकारीका कोषाअध्यक्ष रमिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संञ्जालका सह–संयोजक तथा महिला एकता बचत तथा ऋण सहकारीका अध्यक्ष शर्मिला महतले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष राधा सिंतानले सहकारी र सहकारीका उद्धेश्य तथा चुनौती बारे सहजिकरण गरेकी थिईन् । कार्यक्रममा वडा अध्यक्ष, सरकारी कार्यालय प्रमुख,संघ संस्था प्रतिनिधिको सहभागिता रहेको थीकेले जानकारी दिए ।
