मकवानपुरको बकैयामा ट्याक्टर पल्टिँदा एकको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १९:१६

मकवानपुर १८ चैत । बकैया गाँउपालिका वडा नम्वर ३ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त ६२६२ नम्वरको ट्याक्टर आज आईतवार दिउँसो दुुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय २१ बर्षका सुर्य बहादुर बलको मृत्यु भएको पत्रकार यादव चौलागाँईले जानकारी दिएका छन् ।

खोलाबाट गाँउतर्फ गईरहेको ट्याक्टरमा सवार बलको ट्याक्टर अनियन्त्रीत भई पल्टिँदा ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय हात्तिसुढेका अनुसार चालक र ट्याक्टर धनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*