अर्थमन्त्री भन्छन्- सरकारी ढुकुटी रित्तो छ

तु खबर संवाददाता
२०७४ चैत्र १६, शुक्रबार १५:५३

काठमाडाैं/ सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसद्लाई जानकारी गराएका छन् ।

अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् ।

उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।

देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए ।

उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।

उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए ।

ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।

खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*