बाग्मती गाउँपालिकाको लोकदोहोरीमा काभ्रे प्रथम

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १७:१७

मकवानपुर, १४ चैत । बाग्मती गाउँपालिकामा सञ्चालित खुल्ला लोकदोहोरी प्रतियोगितामा आधार एकता संस्कृति संरक्षण काभ्रे प्रथम भएको छ । प्रतियोगितामा सहभागी १२ टोलीमध्ये काभ्रेले प्रतियोगिता जितेको हो ।

चैत ८ गतेदेखि १३ गतेसम्म मकवानपुरको बाग्मती गाउँपालिकामा सम्पन्न फापरबारी राम नवमी मेला तथा फापरवारी महोत्सव’ मा भएको प्रतियोगितामा काभ्रे प्रथम भएको हो । हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिकाले खुल्ला लोक दोहारी प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा काठमाण्डौँ रोधी घर दोस्रो र आधार एकता संस्कृति संरक्षण काभ्रे ‘क’ तृतिय तथा धादिङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई नगद २० हजार र तेस्रो हुनेले रु १० हजार नगद सहित सिल्ड, प्रमाणपत्र र सान्त्वना हुनेले प्रमाणपत्र पाएका थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गायक बद्री राउतले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताएका थिए । प्रतियोगितामा लोक तथा दोहोरी गायक देव सहनी, रामकुमार सापकोटा, बद्री राउतले निर्णायकको भुमिका निभाएका थिए । गायक तथा वाद्यवादकका कलाकारकाहरु हिमाल स्याङतान्, वसन्त बिसी, टेक बहादुर बिसी र भिम बिसी रहेका थिए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक टेक बहादुर डिम्डुङले मकवानपुरमा पहिलो पटक भएको प्रतियोगिताले मकवानपुरको फापरबारीलाई मात्रै नभई सम्रग जिल्लालाई चिनाएको बताए ।

प्रतियोगिताको समापन कार्यक्रमका अथितिहरुले खुल्ला लोकदोहोरी प्रतियोगिता मार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । प्रतियोगिताका संयोजक हेमन्त मगरले लोकदोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*