एसईई परीक्षा दिइरहेकी युवतीको रहस्यमयी मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १२:३३

सुर्खेत, १३ चैत । सुर्खेतमा एसइई परीक्षा दिइरहेकी एक छात्राको रहस्यमयी रुपमा मृत्यू भएको छ । डेरामा बस्दै आएकी उनी मंगलबार बिहान आफ्नै कोठामा मृत अवस्थमा फेला परेकी हुन् । सुर्खेतको पञ्चपुरी नगरपालिका– ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

रोकाय सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् । उनी पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर डेरा लिएर बसेकी थिइन् । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको र उनको शरिरभरि घाउचोट देखिएको छ । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*