पदमपोखरीको सिक्रेनी सडकखण्डमा धमाधम स्ल्याब हुँदै
चन्द्र घलान
मकवानपुर,१२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याब गर्न सुरु भएको छ ।

स्ल्याब हुँदै गरेको बाटो
एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको शिलान्याश गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर स्ल्याब सकिसकेको हेटौँडा १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए । जम्मा ६ सय १७ मिटर लम्बाईको स्ल्याब ६ मिटर चौडाई र ७ ईन्च मोटाईको रहेको वडाअध्यक्ष घलानले जानकारी दिए ।

स्ल्याब हुँदै गरेको बाटो
हेटौँडा उपमहानगरपालिकाको ५० लाख बजेट र लागत सहभागिता सहित ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको जम्मा लागतमा रोड स्ल्याब हुन लागेको घलानले जानकारी दिएका छन् । यस अघि नै पदमपोखरीका विभिन्न स्थानहरुमा बाटो स्ल्याब भइसकेको छ ।

स्ल्याब हुँदै गरेको बाटो

स्ल्याब शिलान्याश गर्दै मेयर महत

स्ल्याब निरीक्षण गर्दै वडाअध्यक्ष ललित घलान सहितको टोली
