पदमपोखरीको सिक्रेनी सडकखण्डमा धमाधम स्ल्याब हुँदै

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १९:०४

चन्द्र घलान
मकवानपुर,१२ चैत ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याब गर्न सुरु भएको छ ।

स्ल्याब हुँदै गरेको बाटो

एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको शिलान्याश गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर स्ल्याब सकिसकेको हेटौँडा १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए । जम्मा ६ सय १७ मिटर लम्बाईको स्ल्याब ६ मिटर चौडाई र ७ ईन्च मोटाईको रहेको वडाअध्यक्ष घलानले जानकारी दिए ।

स्ल्याब हुँदै गरेको बाटो

हेटौँडा उपमहानगरपालिकाको ५० लाख बजेट र लागत सहभागिता सहित ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको जम्मा लागतमा रोड स्ल्याब हुन लागेको घलानले जानकारी दिएका छन् । यस अघि नै पदमपोखरीका विभिन्न स्थानहरुमा बाटो स्ल्याब भइसकेको छ ।

स्ल्याब हुँदै गरेको बाटो

स्ल्याब शिलान्याश गर्दै मेयर महत

स्ल्याब निरीक्षण गर्दै वडाअध्यक्ष ललित घलान सहितको टोली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*