बाघको आक्रमणबाट महिलाको मृत्यू, २ जना घाईते

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १८:३४
file-photo

मकवानपुर, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । साथै बाघले दुई जनालाई समेत घाईते बनाएको छ ।

त्यहाँस्थित राप्ती नदी किनारामा ड्यामको नजिकै बाघको आक्रमणबाट स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार गणेशमान थिङ र लालबाबु अर्जेल समेत बाघको आक्रमणमा परि घाईते भएका छन् । उनीहरूको अहिले उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*