चिट चोराएको आरोपमा दुई परीक्षा निरीक्षक पक्राउ
सिराहा, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चिट चोराएको भन्दै दुई परीक्षा नियन्त्रकलाई सिरहामा पक्राउ गरिएको छ ।
आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट ती दुई परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो ।
परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत र सोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरी नियन्त्रणमा लिएर शिक्षा ऐनअन्तर्गत कारवाही गरिने बताइएको छ ।
