आहार व्यवस्थापन तालिम सम्पन्न
गोविन्द न्यौपाने /
हेटौंडा ११ स्थित स्वरोजगार बंगुरपालक कृषक समहुका २५ सदस्यहरुलाई ६ दिने आहार व्यवस्थापन तालिम प्रदान गरिएको छ । विनरक इन्टरनेशनलले फारमर टु फारमर तालिम अन्र्तगत बंगुर पालक कृषक समुहलाई तालिम प्रदान गरेको हो ।
हवाई विश्वविद्यालयका प्रोफेसर तथा न्यूट्रेसन स्पेलिष्ट डा. राजेश झाद्वारा तालिम प्रदान गरिएको हो । तालिमले बंगुरपालक कृषक समुहलाई दाना उत्पादन गर्न सहज हुने बंगुरपालक कृषक समुहका अध्यक्ष्ँ देबेन्द्र रार्र्र्र्ईले बताए । चैत्र ०६ गते देखि तालिम शुरु भई चैत्र ११ गते समापन गरिएको हो । समापन समारोहमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख तथा पशु सेवा विशेषज्ञ डा. राम प्रकाश प्रधानको प्रमुख आथित्यता रहेको थियो । कार्र्यक्रममा विनरकका तर्फबाट छन बाहादुर झट्टचन, सिमल्टार टोल विकाशका अध्यक्षय मघु थापा मगर (विशेष) लगायतको सहभागिता रहेको थियो । तालिम शंकर ज्योति आधारभुत विध्यालयको, हेटौंडा ११ सिमल्टारमा भएको हो ।
