मोदीको निम्तो मान्न ओली भारत भ्रमणमा जाने
काठमाण्डौ ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्लीको भ्रमण चैतको अन्तीम साता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार भ्रमणको मिति भने टुङगो लागिसकेको छैन तर दुईपक्षिय कुराकानी भईरहेको छ ।
भारतका प्रधानमन्त्री मोदिले ओलीलाई प्रधानमन्त्री बनेपछि बधाई दिनको लागि निम्ता स्वरुप भारत भ्रमणमा बोलाएका थिए । उक्त निम्तो मान्नको लागि प्रधानमन्त्री चैतको अन्तीम सातामा भारत भ्रमणमा जाने भएका छन् ।
