६४ वर्षीया पार्वतीले दिईन् एसईई परिक्षा

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १२:३५

काठमाडौँ, ८ चैत । काठमाडौँबाट एक ६४ वर्षीया वृद्धाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकी छिन् ।

६४ वर्षीया पार्वतीदेवी मलासीले शहीद शुक्र मावि बागबजार केन्द्रबाट परीक्षा दिएकी हुन् । उनको प्रवेशपत्रमा २०१० साल असार ५ गते जन्म मिति उल्लेख छ । उनी पद्मकन्या मावि डिल्लीबजारकी विद्यार्थी हुन् ।

परीक्षामा सातवटै प्रदेशबाट कुल चार लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*