प्रधानमन्त्री फकाउन अँध्याराेमा बालुवाटार छिरेका पराजुली निराश हुँदै फर्किए
न्यायपरिषद् सचिवालयले पदबाट मुक्त भएकाे पत्र थमाएपछि प्रधानन्यायाधीश गाेपाल पराजुली छटपटीमा देखिएका छन् ।
यही कारण अाफ्नाे गुमेकाे पद फिर्ता ल्याउने पहल गर्न बुधबार राति प्रधानमन्त्रीनिवास बालुवाटार प्रवेश गरेका थिए । तर, लामाे छलफलपछि बाहिरिँदा उनकाे अनुहारमा कुनै चमक थिएन । प्रधानन्यायाधीश गाेपाल पराजुली निस्कँदा निराश देखिन्थे ।
बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा अाेलीले न्याय परिषद्ले पदमुक्त भएकाे पत्र पठाइसकेकाले कामबाट अलग भर्इ घर बस्न सुझाव दिए । तर, पराजुलीले अाफूमाथि अन्याय भएकाे भन्दै प्रधानमन्त्रीलार्इ मनाउन खाेजेपछि प्रधानमन्त्री अाेलीले न्यायालयले अमुक राजनीतिक पार्टीलार्इ खुसी पार्न विगतमा पराजुलीले गरेका गम्भीर त्रुटिकाे स्मरण गराएका थिए ।
अाफू सधैँ स्वतन्त्र र निष्पक्ष न्यायालयकाे पक्षमा रहेकाे भन्दै प्रधानमन्त्रीले विवादित भइसकेपछि पुनः काममा फर्केर अर्काे विवाद सिर्जना नगर्न सुझाब दिए ।
अाफ्नाे सुझाव लत्यार्इ थप सक्रियता देखाउन खाेजे अप्ठेराे अवस्था पनि अाउन सक्ने भन्दै प्रधानमन्त्रीले अब न्यायालयमा नफर्कन सुझाब दिएकाे स्राेतले बताएकाे छ ।
