डोटी जिल्लामा दुर्घटनामा दुईको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार १९:३५
file photo

धनगढी, २७ फागुन । कैलाली र डोटी जिल्लामा आज भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ वसन्तपुरमा से १ त ४१४२ नंको ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा त्यसमा सवार स्थानीयबासी २० वर्षीया सुशीला ओझाको मृत्यु भएको छ ।

यस्तै, डोटीको दिपायल–सिलगढी नगरपालिका–४ मा से २ त ९०८नं को ट्रयाक्टरको ठक्करबाट अढाइ वर्षीय बालक आशीष खातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*