माओवादी बकैयामा गौतमको नेतृत्वमा ४५ सदस्यीय समिति चयन
मकवानपुर, १८ फागुन । नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाको सम्मेलनले लोकनाथ गौतम अध्यक्ष रहने गरि ४५ सदस्यीय समििित गठन भएको छ । शुक्रबार बिहान बकैयाको महेन्द्र उच्च मावि छतिवनमा भएको सम्मेलन नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ज्ञानकुमार थोकर, पर्शुराम गौतम, रामहरी गौतम, भक्तबहादुर खत्री र सिर्जना थिङलाई चयन गरेको छ । त्यस्तै सचिवमा लक्ष्मी माझी, सहसचिवमा चन्द्र न्यासुर, भवनाथ तिमल्सिना र अशोक जिम्बा चयन भएका छन् । कोषाध्यक्षमा मोतिलाल सिङ्गारसहित अन्य ४५ जना सदस्यहरु चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाभित्रका २५ जना जनयुद्धका शहिदहरुका परिवारलाई सम्मान समेत गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।
बकैया गाउँपालिकाको १२ वटा वडाबाट क्रियाशिल सदस्य २० जना बराबर एक प्रतिनिधि, जनवर्गीय संगठनहरु शिक्षक बुद्धिजीवीबाट १० जना, वाईसिएलबाट १० जना, किसानबाट २ जना, महिलाबाट ५ जना, दलित र विद्यार्थीबाट ५–५ जना गरि २ सय ५५ जना प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै कुल प्रतिनिधि संख्याको २० प्रतिशत परिवेक्षक रहेका थिए ।
माओवादी केन्द्र बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन डोल्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य प्रमिला लामा, वाईसीएल जिल्ला इन्चार्ज जीवन गोले, वाईसीएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, जिल्ला सदस्य सन्तविर लो, शिक्षक प्रतिनिधि शुक्र विक लगायतको आतिथ्यता रहेको थियो ।
