यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज असोज ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५३.१० रुपैयाँ र बिक्रीभाउ १५३.७० रुपैयाँ कायम भएको छ।
त्यसैगरी १ जापानिज येनको खरीददर ९.७६ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर ११.०४ रुपैयाँ र बिक्रीदर ११.०९ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४९८.१३ रुपैयाँ र बिक्रीदर ५००.०८ रुपैयाँ कायम भएको छ।
युके पाउन्ड स्टर्लिङको खरिद दर २०५ रुपैयाँ ०८ पैसा र बिक्री दर २०५ रुपैयाँ ८८ पैसा पुगेको छ। अस्ट्रेलियन डलरको खरिद दर १८६ रुपैयाँ २२ पैसा तथा बिक्री दर १८६ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।
यसैगरी, बहराइन दिनारको खरिद दर चार सय ९८ रुपैयाँ १३ पैसा र बिक्री दर पाँच सय रुपैयाँ ०८ पैसा कायम भएको छ। अन्य विभिन्न मुलुकका मुद्राको खरिद तथा बिक्री दर पनि सोही अनुपातमा समायोजन गरिएको केन्द्रीय बैंकले जनाएको छ।
