प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान

तु खबर संवाददाता
२०८३ भाद्र २८, आईतवार १८:१८

प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् ।

प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले चिनियाँ उच्च अधिकारी तथा अन्य उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको  छ ।