भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको मृत्यु, ५ हजारभन्दा बढी बेपत्ता
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८५ पुगेको छ।
त्यस्तै सोही बाढीका कारण ५ हजार १३० जना अझैसम्म बेपत्ता रहेका छन् भने हालसम्म १३ हजार ३७६ जनाको उद्धार गरिएको छ। बाढीले घरबारविहीन भएकालाई विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा राखिएको छ।
साथै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
