माइतीघरमा पेट्रोल छर्किएर एक युवतीले गरिन् आत्मदाह प्रयास
माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी हुन्।
प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगोबाट घाइते भएकी बस्नेतलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
सरकारले जेनजी सहिद परिवार र घाइतेका माग पूरा नगरेको भन्दै जेनजी अभियन्तासमेत रहेकी बस्नेतले आत्मदाहको प्रयास गरेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
