अर्थमन्त्री वाग्ले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

तु खबर संवाददाता
२०८३ श्रावण २०, बुधबार ११:१३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गरिरहेका छन् । बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा छलफल शुरु भएको हो ।

देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।

केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उनीहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको हो ।