रास्वपाका सभापति रवि लामिछाने बेइजिङ जाने तयारीमा
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्।
साउन महिनाको करिब अन्तिम साता लामिछाने सहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारीमा जुटेको हो। भ्रमणका क्रममा चीनका विदेशमन्त्री र पार्टीका उच्च नेतासँग भेटघाट हुनेछ भने अन्य उच्च तहको भेटघाट हुने बारे हाल खुलिसकेको छैन।
चीनमा उनको बसाई करीब ५ दिनको हुने बताइएको छ। यसअघि रवि रामिछाने भारतमा पुगेर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टीका उच्च तहसँग भेटघाट गरेर फर्किएका थिए।
