फिफा विश्वकपमा अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विजेता
स्पेनले अर्जेन्टिनालाई रोमान्चक खेलमा पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पाखा लगाउँदै स्पेनले १६ वर्षपछि विश्वकपको ऐतिहासिक उपाधि चुम्न सफल भएको हो।
निर्धारित ९० मिनेटको नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा खेल अझै रोमाञ्चक बन्यो, जहाँ स्पेनका खेलाडी फेरान टोरेसले खेलको १०६औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको त्यही एकमात्र गोल नै अन्ततः पर्याप्त बन्यो। खेलको अन्तिम समयसम्म अर्जेन्टिनाले गोल फर्काउने प्रयास गरे तापनि स्पेनको बलियो रक्षापङ्क्तिले त्यसलाई असफल तुल्याइदियो।
खेलमा अर्जेन्टिनाका खेलाडीहरुले निकै फउल खेलेका थिए । जसका कारण एक खेलाडीले रातो कार्ड पाएर मैदान बाहिर जानु परेको थियो ।
