काठमाडौंसहित २६ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका २६ जिल्लामा बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहको जनाएको छ।
झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, चितवन, तनहुँ, लम्जुङ, कास्की, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्लामा नदीको बहाब बढ्ने जोखिम रहेको छ। उक्त जिल्लाका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

