पासपोर्टको अनियमिततामा आरजुसहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

तु खबर संवाददाता
२०८३ असार ८, सोमबार १८:३४

पासपोर्ट छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमिततामा अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आजै मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियारको टोली मिसिल र आरोपीसहित बिशेष अदालत पुगेको छ।

सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान अघि बढेको यो प्रकरणमा परराष्ट्रका २० भन्दा धेरै कर्मचारी तानिएका छन्। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।