गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुनले लिए सपथ
प्रधानमन्त्री बालेन्द्र शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् ।
यस अघि गृहमन्त्री रहेका गुरुङलाई सो पदबाट हटाइएको थियो । सरकारले गुरुङमाथि छानबिन गर्न बनाएको समितिले सफाइ दिएको भन्दै प्रधानमन्त्री शाहले उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिएका हुन् । गुरुङलाई सफाइ दिने मनसायका साथ छानबिन समिति बनाइएको र सो समितिले सफाइ दिएको नाटक मंचन गरिएको भन्दै उतिबेलै विरोध भएको थियो ।
