शिक्षा सुधार र विस्तार लक्ष्यसहित २१८ अर्ब ३० करोड बजेट
सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
त्यस्तै सरकारले कृषि र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान कायमै राखेको छ । सरकारले यसअघिदेखि लागू हुँदै आएको कृषि तथा पशु बीमा शुल्कको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिने घोषणा गरेको हो ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमार्फत कृषि बीमा शुल्कमा अनुदानलाई जारी नै राख्ने व्यवस्था गरिएको जानकारी दिए । साथै अर्थमन्त्री डा। वाग्लेले अन्य अनुदान विस्तारै हटाउँदै लैजाने उल्लेख गरेका छन् ।
त्यसैगरी सरकारले कृषि बीमामा किसानलाई ८० प्रतिशत अनुदान यथावत् राख्ने घोषणा गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लले सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने बताएको छ ।
