सरकारले बजेटमार्फत् २१ प्रतिशतले बढायो कर्मचारीको तलब

तु खबर संवाददाता
२०८३ जेष्ठ १५, शुक्रबार १८:४४

सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । महंगी भत्तालाई कायम राखिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको बताए ।

नर्सहरूको रात्रि भत्ता दोब्बर

अस्पतालमा कार्यरत नर्सहरुको रात्रि भत्ता दोब्बर भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशत वृद्धि गर्ने उनले बताए ।