आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता बिहिबार पेश हुने

तु खबर संवाददाता
२०८३ बैशाख २९, मंगलवार १३:३१

काठमाडौं। बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् ।

उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए ।