सभापतिबाट कान्छाराम तामाङ निलम्बित
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति कान्छाराम तामाङ (पूर्णबहादुर तामाङ) लाई सो पदबाट निलम्बन गरेको छ। पार्टी नेतृत्वका विरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
उनलाई अनुशासन विपरित अभिव्यक्ति दिएको आरोपमा ७ दिने स्पष्टिकरण सोधिएको थियो, सो स्पष्टिकरण चित्त नबुझेको भन्दै समितिले उनलाई कारवाही गर्ने निर्णय गरेको हो ।
बैठकले तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएकोले सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो । सो पदमा तामाङ रहिरहँदा अनुसन्धान प्रभावित हुने ठहर पनि समितिको छ ।
यसैबीच सोही समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणलाई भने तामेलीमा राख्ने निर्णय गरेको छ ।
