पौडेल सशस्त्र प्रहरी बलको १३औं आईजीपीमा नियुक्त

तु खबर संवाददाता
२०८३ बैशाख १४, सोमबार १७:५२

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई १३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी १८ वैशाखपछि औपचारिक रूपमा आईजीपीको कमाण्ड सम्हाल्नेछन् ।

हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अनिवार्य अवकाशमा जाने भएपछि नेतृत्व परिवर्तन हुने भएको हो ।