विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०८३ बैशाख ११, शुक्रबार १९:३९

सरकारले इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सुमनराज प्याकुरेलले जानकारी दिए।

उनले भने,लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजा क्षेत्रको आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।