राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
राष्ट्रियसभाका सदस्यहरु डा। अन्जान शाक्य र कृष्णबहादुर रोकाया सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल टर्की प्रस्थान गरेका हुन् ।
वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्ने कार्यतालिका छ ।
अन्तर–व्यवस्थापिका संघको यस १५२ औं महासभाको मुख्य कार्यसूची ‘शान्ति, न्याय र बलियो संस्थाका लागि संसदीय ऐक्यवद्धता’ रहनेछ । सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष दाहालले नेपालको संघीय संसदको अभ्यास, लोकतान्त्रिक उपलब्धिहरू र जलवायु परिवर्तनले नेपाल जस्ता पर्वतीय मुलुकमा पारेको असरका बारेमा विश्वभरका संसदीय प्रतिनिधिहरूको ध्यानाकर्षण गराउने छन् ।
टर्कीमा हुने ५ दिने औपचारिक कार्यक्रमहरूमा सहभागी भई अध्यक्ष नेतृत्वको यो प्रतिनिधिमण्डल आगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
