राष्ट्र बैंकमा दुई निर्देशकको कार्यकारी निर्देशक पदमा बढुवा
नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा कर्मचारी बढुवा गरेको छ।
बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार कर्मचारी सेवा विनियमावली, २०६८ को व्यवस्था बमोजिम हाल कार्यरत निर्देशकहरू मध्येबाट दुई जनालाई पदोन्नति गर्ने निर्णय गरिएको हो।
पदोन्नति हुने अधिकारीहरूमा बैंकिङ विभागका हिम प्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागका मुक्तिनाथ सापकोटा रहेका छन् । उनीहरूलाई निर्देशकबाट विशिष्ट श्रेणीको कार्यकारी निर्देशक पदमा बढुवा गरिएको बैंकले जनाएको छ।
वि।सं। २०८२ चैत २६ गते प्रकाशित यस सूचना अनुसार बैंकको विनियमावलीको नियम ५२ र ६५ को उपविनियम ९२० को प्रक्रिया पुरा गरी यो निर्णय लिइएको हो। कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलद्वारा हस्ताक्षरित सो सूचनामार्फत बैंकको उच्च व्यवस्थापनमा नयाँ नियुक्ति भएको जानकारी गराइएको छ।
