पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

तु खबर संवाददाता
२०८२ चैत्र १४, शनिबार ०६:३६

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् वैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उन बिहानै उनको भक्तपुरकोस्थित घरबाट जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।

जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी हेलचेक्र्याइँ गरेको गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरिएको थियो।