प्रधानमन्त्री नियुक्त भएपछि शाहलाई अमेरिका, चीन र बेलायतले दियो बधाई

तु खबर संवाददाता
२०८२ चैत्र १३, शुक्रबार १८:०३

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिका, चीन र बेलायतले बधाई दिएको छ । आज प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई दिँदै अमेरिकाले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख जनाएको छ ।

त्यसैगरी शाह प्रधानमन्त्री निर्वाचित भएकोमा छिमेकी राष्ट्र चीनले पनि बधाई दिएको छ । चीन प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ । चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

नेपालमा रहेको बेलायत राजदुतावासले नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिएको छ । दूतावासले जारी गरेको सन्देशमा प्रधानमन्त्री बालेनले पदभार ग्रहण गरेकोमा बधाई दिँदै बेलायत र नेपाल बिचको सम्बन्ध अब आधुनिक साझेदारीतर्फ उन्मुख भइरहेको उल्लेख गरिएको छ ।