प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित
पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । उनी १० हजार २४० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
यस अघि उनलाई निर्वाचन क्षेत्र फेरेर चुनाव उठेको भन्दै आलोचना गरिएको थियो । प्रचण्डले दलहरुको यस्तै रबैया रहेमा आन्दोलनको आधिबेहेरी आउने चेतावनी संसदबाट दिएका थिए भने बालेन शाहहरुलाई लोकतन्त्रको सुन्दर फुल भनेका थिए ।
पूर्वप्रधानमन्त्रीहरुमा संभवत प्रचण्डमात्रै संसदमा हुनेछन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधबकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, डा. बाबुराम भट्टराईहरु यसपटक प्रतिनिधिसभामा हुने छैनन् ।
