कुलमान घिसिङ पनि रास्वपामा, उपसभापति हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको छ । यो सहमतिसँगै अब घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेछन् ।
सहमति अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा संगै जाने सहमति भएको छ ।सोमबार राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको वार्तामा यस्तो सहमति बनेको हो ।
यसअघि रास्वपा र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच चुनावमा सँगै जाने गरी ७ बुँदे सहमति भएको थियो । सो सहमति अनुसार, अब शाह रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् ।
