निर्वाचन आयोगद्वारा आचारसंहिता जारी
काठमाडौँ । आगामी निर्वाचनका निम्ति निर्वाचन आयोगले आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका निम्ति आचारसंहिता जारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउन निर्वाचन आचारसंहिता २०८२ जारी गरिएको निर्वाचन अयोग नेपालले जनाएको छ । यस आचारसंहितामा १० परिच्छेद र ५ वटा अनुसूची रहेका छन् । निर्वाचन आयोग ऐन २०७३ मा आयोगले आचारसंहिता जारी गर्न सक्ने गरी व्यवस्था गरिएको छ ।
आचारसंहिताको उलंघन गर्ने व्यत्ति तथा सस्थालाई कारवाही गर्न सक्ने अधिकार आयोगलाई छ ।
यस अघि निर्वाचन आयोगले जरिवाना नबुझाउने ६ वटा राजनीतिक दलको हिजो मात्रै दर्ता खारेज गरेको थियो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १२ बमोजिम ती राजनीतिक दलको दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी(लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी(गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपालको दर्ता खारेज गरिएको हो ।
