क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।उनसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर दुर्घटनासँग सम्बन्धित भ्रष्टाचार मुद्दा दर्ता गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ।



