चुनाव सफल पार्न सरकारलाई सहयोग गर्नुपर्ने नेता पुनको आग्रह
२०८२ कार्तिक ६, बिहीबार २०:१६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा ललितपुरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्ने र यसका लागि आफ्नो पार्टी माओवादी केन्द्रले सहयोग गर्ने बताए ।
सबैले निर्धारित मितिमा चुनाव गराउन सरकारलाई आवश्यक सहयोग गर्नु जरुरी भएको बताउँदै नेता पुनले यसले संविधानलाई सही बाटोमा ल्याउने समेत विश्वास व्यक्त गरे । केही दिन अघि प्रधानमन्त्रीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको जानकारी गराएको नेता पुनले बताए ।
