इलाममा पहिरोः २८ जनाको मृत्यु,सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार,

तु खबर संवाददाता
२०८२ आश्विन १९, आईतवार १३:४५

काठमाडौं । अविरल वर्षासँगै इलाम जिल्लाका विभिन्न स्थानमा गएको भीषण बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ । पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको बताइएको छ । स्थानीय मिलन लिम्बुका अनुसार माङसेबुङ–१ गजुरमुखीबाट गम्भीर घाइते गर्भवती महिलासहित ४ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बलले संकलन गरेको विवरण अनुसार इलाम जिल्लामा हालसम्म सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६, देउमाई नगरपालिकामा २, फाकफोकथुम गाउँपालिकामा १, माङसेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीले अझै पनि उद्धार तथा खोजकार्य जारी राखेका छन् । अविरल वर्षाका कारण पहिरो प्रभावित क्षेत्रहरूमा आवागमन अवरुद्ध भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ ।