अविरल वर्षा कम हुँदै, आज पनि पूर्वी र तराई क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । गत शुक्रबार रातिदेखि निरन्तर परिरहेको अविरल वर्षा आजबाट क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि विभागका अनुसार आज विहान देशका अधिकांश स्थानमा बदली रही केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा सामान्य बदली रहने र बागमती र तराईका जिल्लामा अझै वर्षा हुने संभावना रहेको छ । पूर्वी क्षेत्रतर्फ भने पानी पार्ने क्रम घट्ने देखिएको छ ।
विभागले विशेषगरी कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना जनाएको छ । साथै, कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
रातिको समयमा पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रही, केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना विभागले जनाएको छ । पश्चिमी क्षेत्रमा भने उल्लेख्य जोखिम नरहेको स्पष्ट गरिएको छ ।
पूर्वी जिल्लाहरू—झापा र पाँचथरलाई अझै उच्च जोखिममा राखिएको विभागले बताएको छ र सतर्कता अपनाउन आग्रह गरेको छ ।