दशैंमा तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गरिने बताएका छन् ।
शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।
उनले शिक्षकलाई तलब नदिएकोमा अनुसन्धान गरिने र दोषीलाई कारवाही गरिने समेत स्पष्ट पारेका छन् ।
