काठमाडौंको काष्ठमण्डप नजिक भीषण आगलागी, तीन घर र मन्दिर चपेटामा
काठमाडौं । काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान भीषण आगलागी भएको छ। काष्ठमण्डप नजिकै रहेको एक घरमा करिब बिहान ३ बजेदेखि सुरु भएको आगो विस्तार हुँदै तीन वटा घर र एक मन्दिर चपेटामा परेका हुन्।
बिहान साढे ३ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल टोली खटिएका छन्। काठमाडौं–भक्तपुरमा उपलब्ध ९ वटा दमकल र ३ वटा पानी ट्यांकी प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भइरहेको छ।
आगलागीको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। सुरक्षाकर्मी र उद्धार टोलीको प्रयास जारी छ।



