आफ्नै नेताको सम्पत्ति छानबिन गर्न माओवादीले आयोग गठन गर्ने

तु खबर संवाददाता
२०८२ आश्विन १०, शुक्रबार १८:५७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ ।’

केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहले प्रस्तुत गरेको निष्कर्षमा नै यस्तो प्रस्ताव आएको थियो । सो समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले प्रस्तुत गरेका निष्कर्षमा माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने सुझाव राखिएको थियो ।