जेन जी आन्दोलन दबाउने उपर सख्त कारवाही हुन्छ : प्रधानमन्त्री कार्की

तु खबर संवाददाता
२०८२ आश्विन ९, बिहीबार १८:४०
तस्बिर क्रेडिटः नेपाल टेलिभिजन

काठमाडौं । प्रधानमन्त्री सुशाीला कार्कीले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाउनु परेका र यसमा सम्बद्ध दोषीहरु उपर सख्त कानूनी कारवाही गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

देशवासीको नाममा सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यस्तो जानकारी गराएकी हुन् । फागन २१ गते हुने आगामी प्रतिनिधिसभाको निर्वाचनमा उत्साहपूर्वक भाग लिन पनि प्रधानमन्त्री कार्कीले आह्वान गरेकी छिन् । स्वतन्त्र र भयरहीत रुपमा निर्वाचन गर्न उनले सबै राजनीतिक दललाई पनि आह्वान गरेकी छिन् ।

सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचना निर्माण गर्न पुर्नस्थापना कोष स्थापना गरिएको समेत प्रधानमन्त्रीले बताइन् । सम्पूर्ण नेपाली नागरिकलाई यसका निम्ति सहयोग गर्न पनि प्रधानमन्त्रीको अपिल छ ।