बडा दशैंकोे पहिलो दिन आज घटस्थापना

तु खबर संवाददाता
२०८२ आश्विन ६, सोमबार ०६:५९

काठमाडौं । आजबाट बडादशैं सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घटस्थापना हो ।

यस अवसरमा घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपेर पवित्र स्थानबाट बालुवा र माटो ल्याएर जौको जमरा राख्ने विधि रहेको छ । आज राखिएको जमारा देवी दुर्गालाई अर्पण गरेर टीका लगाउने गरिन्छ ।

यस पटकको टीका असोज १६ गते परेको छ ।