आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। आज राष्ट्रिय झण्डा पनि आधा झुकाइने छ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाहदत प्राप्त गरेकाहरु व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरुलाई राष्ट्रिय सम्मानका सहित अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
देशभरमा जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका थिए। मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्याइएको छ।